काठमाडौं : चौधरी ग्रुप (सीजी)ले नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीजको अवसरमा आफ्ना महिला कर्मचारीहरूसँग विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ।
सयौ महिला कर्मचारीहरूको सहभागितामा सम्पन्न यो शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौंको भिभान्ता होटलमा आयोजना भएको थियो, जसले कर्मचारीहरूलाई एकताको भावमा जोड्ने अवसर प्रदान गर्यो।
कार्यक्रममा चौधरी ग्रुपका तर्फबाट अतिथिहरू सारिका चौधरी र आश्रयता कार्की चौधरीको उपस्थिति रहेको थियो। साथमा, नेपाली अभिनेत्री सुरक्षा पन्तको पनि विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै, श्रीमती सारिका चौधरीले महिलाहरूलाई आत्मनिर्भर रहन र समाजमा हुने अन्यायहरूको विरुद्धमा लड्न प्रेरित गर्नुभयो । उहाले भन्नुभयो, "महिलाहरू आज कुनैपनि संस्थामा जुनसुकै स्थानमा पुग्नुभएको छ, त्यो आफ्नै क्षमता र सीपका कारण हो, अरू कसैको कृपाले होइन।" यसका साथै, उनले चौधरी फाउण्डेशनले देशभर महिलाहरूको सशक्तीकरणका लागि सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूको पनि चर्चा गर्नुभयो ।
यस कार्यक्रमको मुख्य आकर्षण "मिस तीज सीजी प्रतियोगिता" रहेको थियो। प्रतियोगिताले प्रतिभा, आत्मविश्वास, र सांस्कृतिक गर्वलाई प्रस्तुत गरेको थियो ।
चौधरी ग्रुप आफ्ना कर्मचारीहरु बीच यस्ता कार्यक्रमको आयोजना गरि नेपाली संस्कृति तथा परम्पराहरूको सम्मान र निरन्तरताप्रति सधै प्रतिबद्ध छ ।
Advertisment