काठमाडौं : माण्डु हाइड्रोपावरले असोज १४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने भएको छ । भदौ ३० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् ।
Advertisment