Below Menu
Below Menu

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश पारित गर्न कम्पनीले असोज १६ गते, बुधबार बिहान ११ बजे साधारणसभा डाकेको छ । सो सभा अर्पण ब्यान्क्वेट, थापागाँउ, नयाँ बानेश्वर, काठमाडौँमा हुनेछ । 

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका १०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सो अनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार