Side Logo

ग्रिन लाईफ हाइड्रोपावरको दश लाख कित्ता शेयर बिक्रीमा

ग्रिन लाईफ हाइड्रोपावरको दश लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : ग्रिन लाईफ हाइड्रोपावर लिमिटेडले १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धीत कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा लिखित निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापकबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरुलाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

Sponsored Advertisment

Advertisment