Below Menu
Below Menu

साढे १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

साढे १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे १३ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १३ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको २८ दिने नयाँ ट्रेजरी बिल जारी गर्ने लागेको हो भने आठ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी असोज २२ गते र ९१ दिन अवधिको ट्रेजरी मंसिर २५ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि गत भदौं १७ गते कार्यालयले १८ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार