काठमाडौं : खाद्य तथा गुणनियन्त्रण विभाग र नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए) बीच बजारमा आहारपूरक खाद्य सामग्रीलाई व्यवस्थितरुपमा नागरिक सामु पुर्याउन सहयोगी भूमिका खेल्ने विषयमा सहमति जुटेको छ।
खाद्य तथा गुण नियन्त्रण विभागका नवनियुक्त महानिर्देशक सञ्जीबकुमार कर्णले एनएनसीएका प्रतिनिधिबाट बधाई ग्रहण गर्दै आहारपुरक खाद्य सामग्रीको विक्रि वितरणमा सहयोगी भूमिका खेल्ने प्रतिवद्धता जनाए । उनले खाद्य सुरक्षा ऐन लागू भइसकेको अवस्थामा बजारमा देखिएको समस्या समाधान हुने विश्वास पनि व्यक्त गरे । उनले भिटामिन, आइन जस्ता आहारपुरक सामग्रीको विक्रि वितरणमा देखिएका समस्या समाधानका लागि अन्य सरकारी निकायसँग पनि समन्वय गर्ने एनएनसीएका प्रतिनिधिसँग प्रतिवद्धता जनाएका थिए।
ऐन बन्ने क्रममा समेट्नुपर्ने कुराहरु र व्यवसायलाई सुरक्षित, मर्यादित, अनुशासित र बिरामी केन्द्रित बनाउन एनएनसीएसँग खाद्य तथा गुण नियन्त्रण विभागले निरन्तर छलफल पनि गर्ने भएको छ । बजार अनुगनम बढाएर गलतढंगबाट व्यापार गर्नेलाई कारवाही गर्ने पनि विभागले जनाएको छ । यस्ता विकृति नियन्त्रण गर्ने विभागको योजनामा एनएनसीएका अध्यक्ष विप्लव रञ्जितले सहयोगी हुने बचन दिएका छन् ।
उनले गुणस्तरीय खाद्य आहार पूरक बस्तुको आयात गर्ने व्यवसायीको धर्मभन्दै त्यसतर्फ आफूहरु चनाखो रहेको बताए । एनएनसीयका महासचिव सुरज पौडेलले आगामी दिनमा विभाग र एनएनसीएले मर्यादित व्यवसायका लागि सधैव तयार रहेको बताउँदै व्यवसायीहरुले पाउने समस्या समाधानमा गम्भीर बन्न विभागका महानिर्देशक कर्णको ध्यानाकर्षण गराए।
Advertisment