Below Menu
Below Menu

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई धादिङको ‘त्रिशूली बिच रिर्सोट’ मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई धादिङको ‘त्रिशूली बिच रिर्सोट’ मा विशेष छुट

काठमाडौं : मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन धादिङकोे गल्छीमा रहेको “त्रिशूली बिच रिर्सोट” संग विभिन्न सेवासुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । 

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले यस रिर्सोटमा बसाई तथा खानामा १५% सम्म छुट  प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले  बैंकको मान्य डेबिट कार्ड÷ प्रिभलेज कार्ड पेश गर्नुपर्ने छ वा बैंकको मोबाइल/ईन्टरनेट बैंकिङ्ग द्धारा गर्न भुक्तानी गर्नु पर्नेछ । 

साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 

Advertisment

थप समाचार