काठमाडौं : मितेरी डेभलपमेन्ट बैंकले ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पनउने गरी शेयर बिक्रीमा ल्याएको हो । बैंकको शेयर खरिदको लागि लगानीकर्ताले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्दीय कार्यालय महेन्द्रपथ धरान सुनसरी वा काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन पेश नभएको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।
Advertisment