Below Menu
Below Menu

कामना सेवा विकास बैंकको  १६ हजार कित्ता शेयर बिक्रीमा 

कामना सेवा विकास बैंकको  १६ हजार कित्ता शेयर बिक्रीमा 

काठमाडौं  : कामना सेवा विकास बैंक लिमिटेडले १६ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । 

यसअघि बैंकले संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरेको थियो । उक्त सेयर खरिद गर्नको लागि तोकिएको समयमा संस्थापक शेयरधनीबाट कुनै पनि निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि शेयर बिक्री खुला गरिएको हो । 

बैंकको शेयर खरिद गर्न  चाहाने अन्य व्यक्ति, संस्थाले १५ दिन भित्र आवश्यक कागजात तथा प्रमाण संलग्न गरी बैंकको केन्दीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा के कति कित्ता सेयर खरिद गर्ने हो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ 
 

Advertisment

थप समाचार