Below Menu
Below Menu

लाभांश प्रस्तावसहित आरविवि मर्चेन्ट बैंकिङ्गले  डाक्यो साधारणसभा 

लाभांश प्रस्तावसहित आरविवि मर्चेन्ट बैंकिङ्गले  डाक्यो साधारणसभा 

काठमाडौं : आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड कम्पनीले  लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त लाभांश पारित गर्न कम्पनीले असोज १८ गते, शुक्रबार दिँउसो २ बजे साधारणसभा डाकेको छ । सो सभा  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, केन्दीय कार्यालय सिंहदरबारप्लाजा, काठमाडौंमा हुनेछ । 

सभाले हाल कायम चुक्ता पुँजीको १८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, आर्थिक वर्ष २०८० /८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि  छलफल गर्ने र आव ०८१ /८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

Advertisment

थप समाचार