काठमाडौं : कामना सेवा बैंक लिमिटेडले ३५ हजार ५३४ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएकाे हाे ।
बैककाे शेयर प्रति कित्ता मूल्य एक सय पाचँ रुपैँया ताेकिएकाे छ । बैंकको शेयर खरिद गर्ने खरिदकर्ताले आफूले खरिद गर्न चाहेको सम्पूर्ण रकम प्रभु क्यापिटल लिमिटेड, प्रभु बैंक, कमलादी शाखामा रहेको बैंकमा जम्मा गरेको संकलन, गरी लगानीकर्ताले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्दीय कार्यालय प्रभु क्यापिटलमाा काठमाडौंमा आवेदन पेश गर्न सक्नेछ ।
साथै प्राप्त शिलबन्दी बोलपत्र असोज ४ गते बिहान ११ बजे प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौमा बोलपत्रदाता वा निजद्धारा लिखित रुपमा नियुक्त प्रतिनिधिको उपस्थितिमा खोलिने छ ।
Advertisment