काठमाडौं : सरकारले चालू आर्थिक वर्षको भदौं २६ गतेसम्ममा ७० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत सरकारले औसत ४.७७ प्रतिशतको ब्याजदरमा उक्त रकम बराबरको ऋण उठाएको हो ।
सरकारले यस अवधिमा सात पटक गरी तीन वर्षदेखि ११ वर्षसम्मको लामो अवधिका सो रकम बराबरको आन्त्रिक ऋण उठाएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा सरकारले यस अवधिमा विकास ऋणपत्र मार्फत सस्तो ब्याजरमा ऋण उठाएको हो । गत आवमा सरकारले औसत ६.९४ प्रतिशतको ब्याजदरमा विकास ऋणपत्रमार्फत ३६ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिदै गएको छ । बजारमा तरलता सहज भएसँगै सरकारले सस्तो ब्याजदरमा ऋण उठाएको हो ।
Advertisment