काठमाडौं : हिमालयन बैंकले चार लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ५ जना संस्थापक शेयरधनीहरुको नाममा रहेकाे ४ लाख २८ हजार ५४० कित्ता शेयर बिक्रीमा ल्याएको हाे ।
शेयरधनीले बैंककाे शेयर खरिदका लागि ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्दीय कार्यालय कमलादी काठमाडौंस्थित कानून विभागमा निवेददन पेश गर्न सक्नेछन् ।
साथै तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट अवेदन पेश नभएको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने जनाएकाे छ ।
Advertisment