काठमाडौं : नबिल स्टक डिलर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको प्रति शेयर ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २० गते साधारणसभा बोलाएको छ ।
उक्त सभा कम्पनीको दरबारमार्गस्थित रजिष्टर्ड कार्यालयमा काठमाडौंमा बिहान ११ बजे बस्नेछ । साथै वार्षिक र लेखापरीक्षकको प्रतिवेदनसहित अन्य वित्तीय विवरण छलफल गरी स्वीकृत गर्ने र चालू आवका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीका विभिन्न प्रवधानमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
Advertisment