Below Menu
Below Menu

एनआईसी एशिया बैंकको ८ लाख बढी कित्ता शेयर बिक्रीमा

एनआईसी एशिया  बैंकको ८ लाख  बढी कित्ता शेयर बिक्रीमा

काठमाडौ : एन आई सी एशिया बैंकले ८ लाख कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सूर्यज्योति लाइफ इन्स्योरेन्सकाे स्वामित्वमा रहेकाे ८ लाख १ हजार ४७६ कित्ता शेयर  बिक्रीमा ल्याएको हाे । 

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले  खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । कम्पनीकाे शेयर मूल्य २०८ रुपैयाँ तोकिएको छ ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले  सूचना प्रकाशित भएको ३५ दिन भित्र यस कम्पनीको रजिष्टार एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टनवर नेपाल, थापाथली–११ काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

साथै  बै‌कले कार्यालय समय भित्र आफूले लिन चाहेको शेयर संख्या र दर उल्लेख गरी रितपूर्वको  शिलबन्दी  बोलपत्र आह्वान गरेकाे छ । 
 

Advertisment

थप समाचार