Below Menu
Below Menu

ओरियन्टल होटल्सको लाभांश घोषणा, एजीएम र बुक क्लोजको मिति पनि तय 

ओरियन्टल होटल्सको लाभांश घोषणा, एजीएम र बुक क्लोजको मिति पनि तय 

काठमाडौं : ओरियन्टल होटल्सले लाभांश प्रस्तावसहित असोज २० गते २७ औं वार्षिक साधारण सभा बोलाएको छ ।उक्त सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

होटल्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
होटलको बिहिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने , सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने, र चालु आवका लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । 

साधारणसभा प्रयोजनको लागि ओरियन्टलले असोज ७ गतेदेखि असोज २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । जस अनुसार असोज ६ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।

Advertisment

थप समाचार