काठमाडौं : मल्टीपर्पस फाइनान्स लिमिटेडले १८ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिद गर्न चाहाने इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी के कति शेयर खरिद गर्ने हो सोको व्यहोरा खुलाई वित्तिय संस्थाको कम्पनी सचिवको कार्यालयमा समेत निवेदन पेश गर्न सक्नेछन् ।
साथै तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन पेश नभएको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने जनाएको छ ।
Advertisment