Below Menu
Below Menu

बैकिङ प्रणालीमा थुप्रियो एकैदिन १७ अर्ब निक्षेप, कस्तो छ कर्जाको अवस्था ? 

बैकिङ प्रणालीमा थुप्रियो एकैदिन १७ अर्ब निक्षेप, कस्तो छ कर्जाको अवस्था ? 

काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत मंगलबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । 

गत मंगलबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १७ अर्बले बढेर ६४ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् भदौं २४ गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थामा ६४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै एकै दिन १८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा ७ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिनसम्म ५७ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा सो दिन १७ अर्ब निक्षेप बढेर ५७ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै जाँदा कर्जा लगानी भने सामान्य सुधार देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा १८ अर्ब निक्षेप थपिँदा ४ अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५२ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४६ खर्ब १० अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर र सिडि रेसियो दुबै घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर ३ प्रतिशत रहेको छ भने सिडि रेसियो ७८.८० बिन्दुमा झरेको छ । 

Advertisment

थप समाचार