काठमाडौं : एक महिनामा साढे एक अर्ब रुपैयाँका बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा १४ जीवन बीमा कम्पनीका १० हजार २९२ बीमितले एक अर्ब ५४ करोड ११ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् ।
उक्त रकम गत आवको सोही अवधिको तुलनामा २०.०८ प्रतिशत अथौत २५ करोड ७८ लाख रुपैयाँले बढी हो । गत वर्षको साउनमा ९ हजार ७९८ बीमितले एक अर्ब २८ करोड ३३ लवखा रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका थिए ।
प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका बीमितले पोलिसी सरेन्डर गरेका छन् । साउन महिनामा उक्त कम्पनीका २ हजार ७१५ बीमितले ५१ करोड ३८ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन् ।
त्यस्तै, नेपाल लाइफका २ हजार ७३१ बीमितले ४८ करोड ४१ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् भने राष्ट्रिय जीवन बीमा कम्पनीका ७६७ बीमितले ७ करोड ८७ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ३८ लाख रुपैयाँ बराबरको ३५४ वटा, मेट लाइफको ४ करोड ४९ लाख ३५ हजार रुपैयाँको ४१९ वटा, एशियन लाइफको १३ करोड ५५ लाख रुपैयाँ बराबरको ९७९ बीमालेख र आईएमई लाइफ इन्स्योरेन्सको २ करोड ८८ हजार रुपैयाँ बराबरको २०१ बीमालेख सरेन्डर भएका छन् ।

प्राधिकरणका अनुसार साउनमा सन नेपाल लाइफको सबैभन्दा कम ५७ लाख ८ हजार रुपैयाँ बराबरको ६९ वटा बीमालेख सरेन्डर भएका छन् भने यस अवधिमा रिलायबल नेपाल लाइफका १६२ बीमितले एक करोड २१ लाख रुपैयाँ बराबरको २०४ बीमालेख सरेन्डर गरेका छन् । त्यस्तै, सिटिजन लाइफ नेपालका १९० बीमितले साउनमा एक करोड ५९ लाख ४९ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् ।
यसैगरी, सूर्यज्योति लाइफको ५ करोड ८५ लाख रुपैयाँ बराबरको ५५२ वटा, सानिमा रिलायन्स लाइफको २ करोड ६६ लाख रुपैयाँको १७८ वटा, हिमालयन लाइफको ७ करोड ७ लाख रुपैयाँ बराबरको ८४७ वटा र प्रभु महालक्ष्मी लाइफको एक करोड ५ लाख ८९ हजार रुपैयाँ बराबरको ८६ बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
Advertisment