काठमाडौं : कामना सेवा विकास बैंकले लाभांश घोषण गरेको छ । बैंकको शुक्रबार वसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
बैंकले हाल चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश गरी १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन् ।
Advertisment