Below Menu
Below Menu

सिईडिबि हाइड्रोपावरले डाक्यो साधारणसभा, बोनस शेयर र हकप्रद जारी गर्ने प्रस्ताव 

सिईडिबि हाइड्रोपावरले डाक्यो साधारणसभा, बोनस शेयर र हकप्रद जारी गर्ने प्रस्ताव 

काठमाडौं : सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असोज २१ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिकिो बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गरेपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो ।

उक्त सभा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ। 

सो सभाले बोनस वितरण र हकप्रद निष्काशनको प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार असोज ६ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


 

Advertisment

थप समाचार