काठमाडौं : माण्डु हाइड्रोपावरसहित तीन म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनका लागि माण्डु हाइड्रोपावर, आरबीबी म्युचुअल फन्ड –१ र आरबीबी म्युचुअल फन्ड –२ ले भदौ ३१ गते बुक क्लोजको मिति तय गरेका छन् ।
जस अनुसार आजसम्म कायम इकाईधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । माण्डु हाइड्रोपावरले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न हाइड्रोपावरले असोज १४ गते वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
त्यसतै आरबीबी म्युचुअल फन्ड –१ र आरबीबी म्युचुअल फन्ड –२ ले गत वर्षको नाफाबाट करसहित क्रमश ३.८१ प्रतिशत र ८.७४ प्रतिशत नगद लाभांश वितरण गर्दैछन् ।
Advertisment