Below Menu
Below Menu

पर्यटन र सहकारी क्षेत्रलाई नजिकबाट बुझेका चन्द्र रिजाल बने पर्यटन केन्द्रीय संघको अध्यक्ष

पर्यटन र सहकारी क्षेत्रलाई नजिकबाट बुझेका चन्द्र रिजाल बने पर्यटन केन्द्रीय संघको अध्यक्ष

काठमाडौं : पर्यटन र सहकारी क्षेत्रलाई नजिकबाट चिनेका चन्द्र रिजाल नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा निर्वाचित भएका छन् ।

लामो समयदेखि पर्यटन र सहकारी क्षेत्रमा सक्रिय रिजाल शनिबार सम्पन्न संघको ११ औँ वार्षिक साधारण सभाले सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका हुन् । 

रिजाल ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान), दिगो पर्यटन सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष हुन् । रिजाल नेपाल पर्यटन बोर्डका पूर्व उपाध्यक्ष समेत हुन् ।

समितिको उपाध्यक्षमा टिकाराम भट्टराई, महासचिव तेजबहादुर बोहोरा, सचिव ज्ञानमणि न्यौपाने र कोषध्यक्षमा तेजबहादुर खड्का चयन भएका छन् ।

संघको सञ्चालक सदस्यमा रुपेश तिमल्सिना, बिकेशकुमार श्रेष्ठ, हरिशरण गिरी, प्रमोद घिमिरे, चित्रकुमार श्रेष्ठ चयन भएका छन् । त्यसैगरी बेबी राज भण्डारी, नेप्लुमाया भट्ट जिरेल, नरबहादुर महतो, शम्भुप्रसाद शर्मा र जगबहादुर शाह पनि सञ्चालक सदस्यमा चयन भएका छन् ।

त्यसैगरी लेखा समिति संयोजकमा बुद्धिमान विश्वकर्मा चयन भए भने सदस्यहरूमा अर्जुन नेपाल र राजन रिमाल चयन भएका छन् ।

बागमती प्रदेशका मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले वार्षिक बजेट तथा प्रतिवेदन पारित गरेको थियो ।

संघका निवर्तमान अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा भएको सभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईं, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाईँ, संघका संस्थापक उपाध्यक्ष मुकुन्द दाहाल, बागमती प्रदेश सहकारी संघका लेखा समिति संयोजक नेत्रराज पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisment

थप समाचार