काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत नौ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ९ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयले ४ अर्ब ३० करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने पाँच अर्ब रुपैयाँ बराबरको ३ट४ दिने नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयका अनुसार १८२ दिन अवधिको ट्रेजरी चैत ५ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ भदौ ३१ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि गत भदौं २३ गते कार्यालयले १३ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment