Below Menu
Below Menu

एभरेष्ट बैंकले घटायो ब्याजदर, आधार दर ७.२९ प्रतिशत

एभरेष्ट बैंकले घटायो ब्याजदर, आधार दर ७.२९ प्रतिशत

काठमाडौं : एभरेष्ट बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

सार्वजनिक ब्याजदर अनुसार असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले असोजमा साधारण बचत खातामा भदौको ब्याजदर ३.०५ प्रतिशत प्रदान गर्नेछ ।

भाद्रमा ७.२९ प्रतिशत रहेको बैंकको बेसरेट असोजका लागि भने घटेर ७ प्रतिशत झरेको छ । बैंकको स्प्रेडदर ४ प्रतिशत छ ।

Advertisment

थप समाचार