Below Menu
Below Menu

नबिल बैंकले घटायो ब्याजदर, आधार दर ७.४२ प्रतिशत

नबिल बैंकले घटायो ब्याजदर, आधार दर ७.४२ प्रतिशत

काठमाडौं : नबिल बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको  छ।

बैंकले असोजमा मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौ महिनामा व्यक्तिगततर्फ ७ प्रतिशत, संस्थागततर्फ ६ प्रतिशत र रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर तोकेको थियो ।

साथै बैंकले भदौमा साधारण बचततर्फ सबै खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि सबै बचत खातामा ३ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

बैंकको आधारदर ७.४२ प्रतिशत छ भने स्प्रेडदर भने ३.९९ प्रतिशत रहेको छ । यसअघि भदौमा बैंकको आधार दर ७.६३ प्रतिशत थियो ।

Advertisment

थप समाचार