काठमाडौं : नबिल बैंक लिमिटेडले ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर कम्पनीले असोज २ गतेदेखि बिक्री गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता न्युनतम ३०७ रुपैयाँमा संस्थापक शेयरधनी, अन्य इच्छुक व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न पाउने छन् ।
शेयर खरिद गर्न इच्छुक खरिदकर्ताहरुले असोज १६ गते अपरान्ह ३ बजे भित्र लक्ष्मी सनराईज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तामा माग गर्नुपर्नेछ ।
प्राप्त शिलबन्दी आवेदनपत्र असोज १८ गते बिहान ११ बजे बोलपत्रदाता वा निजद्धारा लिखित रुपमा नियुक्त प्रतिनिधिको उपस्थितिमा खोलिने जनाएको छ ।
Advertisment