काठमाडौं : न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर बिक्री (लकइन पिरियड) कात्तिक ४ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले २०७८ कात्तिक ५ गते कम्पनीका संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि एक करोड २७ लाख ९५ हजार कित्ता शेयर बाँडफाँट गरी तिन वर्षका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लाकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।
कम्पनीले संस्थापक शेयरधनीहरुको एक करोड ९ लाख ५० हजार, संस्थापक शेयरधनीकाहरुका लागि ३ लाख, स्थानीय वासिन्दाहरूतर्फको अतिप्रभावित ५ लाख कित्ता, प्रभावित १० लाख कित्ता र कर्मचारीहरूतर्फको ४५ हजारकित्ता शेयर बाँडफाँट गरेको थियो । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
Advertisment