Below Menu
Below Menu

माईपेको दशैं मेला: कारोबार गर्दा स्कुटर देखि आईफोनसम्म जित्न सकिने

माईपेको दशैं मेला: कारोबार गर्दा स्कुटर देखि आईफोनसम्म जित्न सकिने

काठमाडौं : डिजिटल वालेट माईपेले नेपालीहरुको महान पर्व वडादशैं, तिहार र छठलाई मध्यनजर गर्दै “माईपे मेला: चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ ।

युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको छ । असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरु जित्न सकिनेछ ।

माईपेबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सकिनेछ । मेगा पुरस्कारमा २ जना विजेताहरुले आइफोन १६ र २ जनाले हिराको औंठी जित्न सकिनेछ ।

त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता Earbuds, Smart watch, Analog watch, चाँदीको औंठी र रु १० हजार ००० बराबरको Beauty Product र धेरै Gift voucher/Discount Voucher हरु जित्न सकिनेछ ।

यस माईपे मेला अवधिभर प्रयोगकर्ताहरुलाई ७५ लाख बराबरकोDiscount/Cashback भौचरहरु प्रदान गर्ने साथै हरेक हप्ताको १०–१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको १००५ नै फिर्ता दिइने पनि माईपेले जनाएको छ ।

Advertisment

थप समाचार