Below Menu
Below Menu

बढ्दो पर्यटक आगमनले उत्साहित बैंक, करिब १२ प्रतिशतले बढाए होटलमा लगानी

बढ्दो पर्यटक आगमनले उत्साहित बैंक, करिब १२ प्रतिशतले बढाए होटलमा लगानी

काठमाडौं : पछिल्लो समय पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी बढेको छ । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै बैंकहरुले पर्यटन क्षेत्रमा सवा २ खर्ब रुपैयाँ लगानी गरेका छन् । 

यस अवधिमा बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा २ खर्ब ३६ अर्ब २९ करोड रुपैयाँ लगानी गरेका हुन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ११.९० प्रतिशत अर्थात १५ अर्ब १३ करोड रुपैयाँले बढी हो । गत वर्ष बैंकहरुले पर्यटन क्षेत्रमा २ खर्ब ११ अर्ब १६ करोड रुपैयाँ लगानी गरेका थिए । 

अर्थतन्त्रको मुख्य खम्बाको रुपमा रहेको नेपालको पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको छ । नेपालका पर्यटकीयस्थलहरुमा आन्तरिक तथा वाह्य पर्यटनहरुको बढेका छन् । पर्यटन क्षेत्रमा देखिएको सुधारले व्यवसायीहरु पनि उत्साहित देखिन्छन् । 

सन् २०२४ को आठ महिनामा सवा सात भन्दा बढी पर्यटन नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा विभिन्न देशका ७ लाख २० हजार ३३४ विदेशी पर्यटक नेपाल आएका हुन् ।

पर्यटन क्षेत्रमा देखिएको सुधारले पनि बैंकहरुले लगानी बढाउन थालेका छन् । पर्यटन क्षेत्र चलायमान बन्दै गएपछि होटल तथा यससँग सम्वन्धित पूर्वाधार निर्माणका कामहरु पनि धमाधम अघि बढेका छन् । पर्यटन पूर्वाधार निर्माणमा आएको बढोत्तरीले पनि बैंकहरुको कर्जा लगानी बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

यस अवधिमा पर्यटन क्षेत्रमा वाणिज्य बैंकहरुको लगानी २ खर्ब ८२ अर्ब ३ करोड रुपैयाँ रहेको छ । त्यस्तै विकास बैंकहरुले पर्यटन होटल तथा पर्यटन क्षेत्रमा २७ अर्ब ६ करोड रुपैयाँ लगानी गरेका छन् भने फाइनान्स कम्पनीहरुले ५ अर्ब ३९ करोड रुपैयाँ लगानी गरेका छन् 

कुन बैंकले कति गरे लगानी 

चालु आर्थिक बर्षको भदौ मसान्तसम्म होटल तथा पर्यटन क्षेत्रमा नेपाल बैंकले ८ अर्ब ८३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै राष्ट्रिय बैंकले १५ अर्ब २१ करोड रुपैयाँ लगानी गर्दा नबिल बैंकले ११ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 

त्यस्तै भदौ मसान्तसम्म होटल तथा पर्यटन क्षेत्रमा नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले सबैभन्दा बढी २३ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

अन्य बैंकको लगानी 


 

Advertisment