काठमाडौं : “हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा दशैँ, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “बम्पर दशंै तिहार अफर” संचालनमा ल्याएको छ ।
क्यापिटलले बडा दशैँ, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्मका लागी “बम्पर दशैँ तिहार अफर” आयोजना गरेको हो ।
यो योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकवर्गहरुले स्मार्ट वाच जित्न सक्नेछन् । यसका लागि असोज १ गते देखि कात्र्तिक ३० गतेसम्म क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नु पर्नेछ ।
ग्राहकवर्गहरुले यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नेछन् ।
Advertisment