काठमाडौं : एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । सम्मेलनको आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका छन्।
एसियाली देशका सुरक्षण संस्थाको ३६औँ सम्मेलन (एसिककन्फ्रेन्स)मा ती देशका सरकारी निकायका प्रतिनिधिहरुको सहभागिता छ । सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गरेको हो ।
सम्मेलन उद्घाटनमा अर्थमन्त्री पौडेलले वित्तीय प्रणालीमा जनविश्वासको सर्वाधिक महत्व हुने उल्लेख गर्दै वित्तीय संस्थालाई थप विश्वसनीय बनाउनजरुरी रहेको बताए ।
उनले कुनै कारणले बैंक तथा वित्तीय संस्था समस्याग्रस्त हुन पुगेमा साना निक्षेपकर्ताको सम्भावित क्षति संरक्षण गर्न र वित्तीय प्रणालीमा रहेकोजोखिम न्यूनीककरण गर्न थप विश्वसनीय बनाउन निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिका ठूलो रहने उल्लेख गरे।
मन्त्री पौडेलले नविन सोच तथा प्रविधिमा आधारित नवप्रवर्तन व्यवसायलाई वित्तीय पहुँच सुनिश्चित गर्न संस्थागत सुरक्षणको प्रबन्ध अत्यावश्यक हुनेबताए । उनले भने, “सरकारले नवप्रवर्तनका लागि ‘इकोसिष्टम’ विकास गरी उद्यमशील वातावरण सृजना गर्न सहजीकरण र नियमनका लागि आवश्यकप्रबन्ध मिलाएको छ । बजेटमार्फत १ अर्बको नेपाल स्टार्टअप कोषको स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।”
सुरक्षण सेवाका कारण साना व्यवसाय सफल भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बचत गर्ने संस्कारको विकास भई पुँजी परिचालमा पनि सहयोगपुगेको बताए ।
उनले आर्थिक विकासका लागि बचतलाई प्रोत्साहित र कर्जाको सहज पहुँच विस्तार गर्न जरुरी रहेको बताए । कर्जा परिचालन र फिर्ताकोसुनिश्चितताका लागि कर्जा सुरक्षण कोषको स्थापना भएको स्मरण गर्दै उहाँले त्यसबाट महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरे ।
एसिक सम्मेलन सोमबारसम्म चल्ने छ । मन्त्री पौडेलले सम्मेलनले आपसी बलियो अन्तर्राष्ट्रिय संस्थागत सञ्जाल निर्माण हुँदा कर्जासम्बन्धीजिम्मेवार संस्थाको क्षमता अभिवृत्ति हुनेमा विश्वास व्यक्त गरे । सम्मेलनले कर्जा सुरक्षाका लागि रचनात्मक सुधारमा सहयोग पुग्ने पनि उनले बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्मेलनले नेपाल जस्ता देशको आर्थिक विकासमा सहयोग पुर्याउनेमा अपेक्षा गरिएको बताए ।सम्मेलनबाट प्राप्त हुने निचोड नेपाललगायतका देशलाई आवश्यक नीति निर्माणमा समेत सहयोग पुर्याउने उनको भनाइ थियो । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले सम्मेलन कर्जा सुरक्षणका लागि बलियो आधार बन्ने विश्वास व्यक्त गरे।
सम्मेलनमा विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण निकायका प्रतिनिधिले आफ्नो अनुभव राख्नेछन् । सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ देशका प्रतिनिधिहरुको सहभागिता छ।
Advertisment