Below Menu
Below Menu

दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार 

दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.५८ अंकले बढेर २५८८.३५ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ४ अंकले घटेर २५७६.७६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १३८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ५ अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ५ अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २७ करोड ८० हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा इन्र्टन हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था र अप्पर स्याङगे हाइड्रोपावर कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज रावा इनर्जी डेभलपमेन्ट  कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार