Below Menu
Below Menu

सेयर बजारबाट भदौ महिनामा साढे २ अर्ब पूँजीगत लाभकर संकलन

सेयर बजारबाट भदौ महिनामा साढे २ अर्ब पूँजीगत लाभकर संकलन

काठमाडौं : सेयर बजारबाट भदौ महिनामा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । बजार उच्च गिरावटका बाबजुत पनि पूँजीगत लाभकर भने उल्लेख्य संकलन भएको छ । भदौ महिनामा नेप्से परिसूचक ४२० अंकले घटेको थियो । 

यस महिनामा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकर ७३ करोड ३९ लाख रुपैयाँ र अल्पकालीन पूँजीगत लाभकर १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ संकलन भएको हो ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको तथ्यांक अनुसार कर्पोरेट पूँजीगत लाभकर ३० करोड ४० लाख रुपैयाँ, स्टक डिलरको पूँजीगत लाभकर ३० लाख ३९ हजार रुपैयाँ संकलन भएको छ ।

संकलन भएको पूँजीगत लाभकर साउन महिनाको तुलनामा ३९ प्रतिशतले कम हो । साउन महिनामा मात्रै ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको सीडीएसले जनाएको छ ।

Advertisment

थप समाचार