Below Menu
Below Menu

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा प्रयोजनका लागि असोज ८ गते बुक क्लोज गर्दै छ ।

आजसम्म कायम रहने सेयरधनीले मात्रै बैंकले तोकेको लाभांश पाउने र साधारण सभामा भाग लिन पाउनेछन् । बैंकले असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । 

बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगदसहित १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।

Advertisment

थप समाचार