Below Menu
Below Menu

सिटिजन्स बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

सिटिजन्स बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं : सिटिजन्स बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज ७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

Advertisment