Below Menu
Below Menu

गरिमा विकास बैंकको ५ लाख ३३ हजार बढी कित्ता शेयर बिक्रीमा

गरिमा विकास बैंकको ५ लाख ३३ हजार बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं : गरिमा विकास बैंकले ५ लाख ३३ हजार बढी कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ५ लाख ३३ हजार २८६ दशमलव ९९ कित्ता शेयर बिक्रीमा ल्याएको हो।

बैंकले संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थालाई ४ लाख २५ हजार १५६ दशलमव ६७ कित्ता शेयर बिक्रीमा राखेको छ। उक्त शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले १५ दिनभित्र लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। 

यसैगरी बैंकको १ लाख ८ हजार १३० दहालव ३२ कित्ता शेयर खरिद गर्न संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र निवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीले बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

Advertisment