Below Menu
Below Menu

नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३० प्रतिशतसम्म छुट दिने 

नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३० प्रतिशतसम्म छुट दिने 

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज÷जरिवाना)  मा छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा २० प्रतिशतस्म्म छुट दिने भएको हो ।

इन्स्यारेन्सले उक्त बीमालेखहरुमा असोज ९ गतेदेखि कात्तिक २३ गतेसम्ममा नविकरणरपुनर्जागरण गर्दा विभिन्न शर्तहरुको अधिनमा रही बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको हो ।

कम्पनीका अनुसार ३ वर्षसम्मका व्यतित बीमालेखमा ३० प्रतिशत, ३ वर्ष भन्दा माथिदेखि ५ वर्षसम्मका व्यतित बीमालेखमा २५ प्रतिशत र ५ वर्षदेखि माथिका सबै बीमालेखहरुमा २० प्रतिशत छुट दिने भएको हो । 

यस योजनामा समावेश भएका बीमालेखहरू पुनर्जागरण भएको मितिदेखि १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।

यसका साथै एक पटक विलम्ब शुल्कमा छुट लिइ सकेका बीमितहरूलाई पूरा बीमा अवधिभर पुनः छुट नदिने कम्पनीले जानएको छ । 

Advertisment

थप समाचार