काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा एक खर्ब ९९ अर्ब रूपैयाँ पुगेको छ । यस्तो कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको कुल कर्जाको ३.८६ प्रतिशत हुन आउँछ।
आर्थिक वर्ष २०८०/८१ साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट ५१ खर्ब ६५ अर्ब रूपैयाँ कर्जा प्रवाह भएको छ । आर्थिक वर्ष २०७९/८० मा निष्क्रिय कर्जा एक खर्ब ४६ अर्ब रूपैयाँ (३.०२ प्रतिशत) थियो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरूले साउन मसान्तसम्मा ४५ खर्ब ६५ अर्ब कर्जा प्रवाह गर्दा १ खर्ब ७१ अर्ब अर्थात् ३.७६ प्रतिशत कर्जा निष्क्रिय छ।
त्यस्तै साउनसम्ममा विकास बैंकहरूको निष्क्रिय कर्जा १८ अर्ब आठ करोड रूपैयाँ (३.६२ प्रतिशत) छ । यस अवधिमा विकास बैंकहरूले कुल चार खर्ब ९९ अर्ब ४९ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन्।
यसैगरी फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा ९ अर्ब ८९ करोड रूपैयाँ (९.८७ प्रतिशत) पुगेको छ । फाइनान्सले यस अवधिमा एक खर्ब २९ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।
Advertisment