Below Menu
Below Menu

मध्य भोटेकोशीको ‘लक इन’अवधि कात्तिक ११ गते सकिदै, साढे चार करोड कित्ता शेयर थपिदै 

मध्य भोटेकोशीको ‘लक इन’अवधि कात्तिक ११ गते सकिदै, साढे चार करोड कित्ता शेयर थपिदै 

काठमाडौं : मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण शेयर बिक्री (लकइन पिरियड) कात्तिक ११ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले २०७८ कात्तिक १२ गते कम्पनीका संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि ४  करोड ५९ लाख ६० हजार कित्ता शेयर बाँडफाँट गरी तिन वर्षका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लाकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।

कम्पनीले संस्थापक शेयरधनीहरुको तीन करोड ६ लाख कित्ता,  कर्मचारी सञ्ञय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीहरुको एक करोड १७ लाख, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुको २१ लाख, ऋणदाता संस्था ( कर्मचारी सञ्चय कोष) को कर्मचारीहरुको ६ लाख, आयोजना प्रभावित स्थानीय वासिन्दाहरू ६० लाख र कर्मचारीहरूको तीन लाख ६० हजार कित्ता शेयर बाँडफाँट गरेको थियो । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

Advertisment

थप समाचार