Below Menu
Below Menu

दुई महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार करिब पौने आठ अर्ब !

दुई महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार करिब पौने आठ अर्ब !

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिनामा करिब पौने आठ अर्बको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ मसान्तसम्म कम्पनीहरुले ४ लाख २८ हजार ६८ बीमालेख बिक्री गरी ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

उक्त रकम गत आवको सोही अवधिको तुलनामा ९.३४ प्रतिशत अर्थात ६६ करोड १९ लाख रुपैयाँले बढी हो । गत वर्ष कम्पनीहरुले ४ लाख ८ हजार ९७३ बीमालेख बिक्री गरी ७ अर्ब ८ करोड ४८ लाख रुपैयाँको व्यापार गरेका थिए ।

प्राधिकरणका अनुसार भदौमा मात्रै कम्पनीहरुले २ लाख ६ हजार ९९७ बीमालेख बिक्री गरी तीन अर्ब ४८ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

प्राधिकरणका अनुसार भदौं मसान्तसम्म सर्वाधिक बीमा व्यवसाय गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको कम्पनीले यस अवधिमा ४४ हजार ८७६ बीमालेख बिक्री गरी एक अर्ब १ करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । 

त्यसैगरी दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले साउनमा ४८ हजार १०६ बीमालेख बिक्री गरी ८१ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । त्यस्तै, यस अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३५ हजार ९८७ बीमालेख बिक्री गरी ६० करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

चालु आवको दुई महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले ४३ करोड ७१ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले ४४ करोड ३१ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले ५४ करोड ५३ लाख रुपैयाँ बराबरको बीमाशूल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

त्यसैगरी यस अवधिमा नेशनल इन्स्योरेन्स कम्पनीले ३७ करोड २६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्र्जन गर्दा नेको इन्स्योरेन्सले ५८ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, यस अवधिमा शिखर इन्स्योरेन्सले ४९ हजार ५७३ बीमालेख बिक्री गरी ७२ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

बीमा प्राधिकरणका अनुसार भदौसम्म प्रभु इन्स्योरेन्सले २९ करोड ४१ लाख, एनएलजीले ४८ करोड १६ लाख, सानिमा जिआईसीले ३९ करोड ७० लाख, आईजीआई प्रुडेसिन्यलले ५८ करोड एक लाख र युनाइडेड अजोड इन्स्योरेन्सले ४५ करोड ५१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । 

लघु बीमाको व्यापार ११ करोडमाथि 

प्राधिकरणका अनुसार यस अवधिमा सञ्चालनमा रहेका चार लघुबीमा कम्पनीले ११ करोड भन्दा माथिको व्यवसाय गरेका छन् । कम्पनीहरुले ४२ हजार ४४६ बीमालेख जारी गरी ११ करोड एक लाख १८ हजार रुपैयाँ बीमाशुल्क उठाएका हुन् । 

चालु आवको यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी तीन करोड १२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २ करोड ८० लाख, स्टार माइक्रोले २ करोड ५२ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले २ करोड २८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
 

Advertisment

थप समाचार