Below Menu
Below Menu

मोटर बीमाको अधिकांश हिस्सा बागमती प्रदेशमा, दुई महिनामा सवा २ अर्बको व्यापार  

मोटर बीमाको अधिकांश हिस्सा बागमती प्रदेशमा, दुई महिनामा सवा २ अर्बको व्यापार  

काठमाडौं : निर्जीवन बीमा कम्पनीले भदौ मसान्तसम्म सवा दुुई अर्ब रुपैयाँ बराबरको मोटर बीमा व्यवसाय गरेका छन् । चालु आर्थिक वर्षको दुई महिनामा कम्पनीहरुले २ लाख १४ हजार ७४८ बीमालेख बिक्री गरी २ अर्ब २० करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 

बीमा कम्पनीहरुको मोटर बीमाको अधिकांश हिस्सा बागमती प्रदेशमा केन्द्रीत रहेको छ । प्रदेशगत रुपमा हेर्ने हो भने कम्पनीहरुले बागमती प्रदेशमा एक लाख ८ हजार १४८ बीमालेख बिक्री गरी एक अर्ब ३६ करोड ९३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । 

त्यसैगरी यस अवधमिा कम्पनीहरुले कोशी प्रदेशमा २२ हजार ७८५ बीमा लेख जारी गरी १७ करोड ४६ लाख रुपैयाँ बराबरको बीमा शुल्क उठाएका छन् भने मधेस प्रदेशमा १७ हजार ३४१ बीमा लेख जारी गरी १३ करोड ९३ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् ।

बीमा प्राधिकरणका अनुसार भदौसम्म कम्पनीहरुले गण्डकी प्रदेशमा २१ हजार ९१४ बीमा लेख जारी गरी १७ करोड ७० लाख बीमा शुल्क संकलन भएको छ भने लुम्बिनी प्रदेशमा ३० हजार ९१७ बीमालेख बिक्री गरी २४ करोड ५८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा कम्पनीहरुले कर्णाली प्रदेशमा ३२ हजार ५६ बीमा लेख जारी गरी २ करोड ७९ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् भने सुदुरपश्चिम प्रदेशमा १० हजार ३८७ बीमालेख बिक्री गरी ७ करोठ ३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

हाल निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बिमा, सामुन्द«ीक, हवाई, मोटर, इन्जिनियरिङ, कृषि तथा बाली बिमा र लघु बिमा लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका छन् ।

निर्जीवन बीमा कम्पनीको ठूलो हिस्सा सम्पती बीमा र मोटर बीमाले धानेको छ । प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले सम्पति बिमा व्यवसायबाट २ अर्ब ३३ करोड २४ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

भदौ मसान्तसम्म हवाई बीमाबाट ४४ करोड ९० लाख, इन्जिनियरिङ बीमाबाट ९२ करोड ४१ लाख, विविध बीमाबाट ९६ करोड ९९ लाख, सामून्द्रिक बीमाबाट ४६ करोड २० लाख, लघुबीमाबाट कम्पनीहरुले ११ करोड ३८ लाख र कृषि तथा बाली बीमाबाट ४० करोड १३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

Advertisment

थप समाचार