Below Menu
Below Menu

एक महिनामै मोबाइल बैंकिङमार्फत साढे तीन खर्बको कारोबार, ३२ लाखले बढे प्रयोगकर्ता  

एक महिनामै मोबाइल बैंकिङमार्फत साढे तीन खर्बको कारोबार, ३२ लाखले बढे प्रयोगकर्ता  

काठमाडौं : एक महिनामै मोबाइल बैंकिङमार्फत साढे तीन खर्बको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मोबाइल बैंकिङमार्फत ३ खर्ब ७७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

यस अवधिमा मोबाइल बैैकिङ प्रयोगकर्ता २ करोड ४९ लाख ६१ हजार १६५ जना रहेका छन् । जुन गत वर्षको तुलनामा ३२ लाख ६९ करोड ६९१ ले बढी हो । गत वर्ष मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड १६ लाख ९१ हजार ४७४ रहेका थिए । 

यस अवधिमा कनेक्ट आइपीएसबाट ५ खर्ब २५ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै वालेट मार्फत ४३ अर्ब ६९ करोड ८० लाख रुपैयाँ, क्युआर मार्फत ६२ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोेबार भएको छ  । 

यसैगरी समीक्षा अवधिमा आरटीजीएस सिस्टममार्फत १०८ खर्ब ३ अर्ब २ करोड रुपैयाँ कारोबार भएकोमा र इन्टरनेट बैकिङमार्फत २२ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

Advertisment

थप समाचार