Below Menu

वित्तीय साक्षरता : नोटको जतन कसरी गर्न सकिन्छ?

वित्तीय साक्षरता : नोटको जतन कसरी गर्न सकिन्छ?

- नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसालौँ ।
- नोटमा केरमेट नगरौँ ।
- समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकोले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं ।
- नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा लागत लाग्ने भएकोले नोटको जतन गरी छपाइ खर्च घटाऔं ।
- नोटलाई माटो, धमिरा, आगो र पानीबाट जोगाऔँ ।
- नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर हुने हुँदा यस्तो कार्य नगरौं ।
- नोटको हिफाजत गर्ने कुरा आपूm पनि मनन् गरौं र अरुलाई पनि सिकाऔँ ।
- नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्यागौँ ।
- पूजा गर्दा अथवा कुनै काम गर्दा रङ लागेको तथा मैलिएका हातहरूले सकेसम्म नोट नछोऔँ ।
- टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने हुँदा यस्तो कार्य नगरौँ ।
- कारोबारको क्रममा शंकास्पद नोटहरू पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गरौँ ।
- नोटलाई मठ-मन्दिर वा पूजापाठ आदि धार्मिक कार्यमा प्रयोग गर्दा नोटमा रङ, अबिर, पानी, दूध, रगत आदि नपारौँ । बरू दान पेटिकामा हाल्ने वा सम्बन्धित धार्मिक अनुष्ठानको रसिद काटी चन्दा प्रदान गर्ने चलन चलाऔँ ।

Sponsored Advertisment