काठमाडौं : रु रु जलविद्युत परियोजनाले लाभांश घोषणा गरको छ । शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकलेगत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसका साथै कम्पनीले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर पनि निष्काशन गर्ने भएको छ ।
उक्त प्रस्तावित लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
उक्त प्रस्तावहरु पारित गर्न कम्पनीले कात्तिक ११ गते, लिसार ब्याङकेट, नक्साल, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ३० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार असोज २९ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Advertisment