Below Menu

भिषण बाढीका कारण खानी खोला हाइड्रोपावरको विद्युत उत्पादन बन्द

भिषण बाढीका कारण खानी खोला हाइड्रोपावरको विद्युत उत्पादन बन्द

काठमाडौं : अविरल बर्षाका कारण आएको भिषण बाढीले खानी खोला हाइड्रोपावरले सञ्चालन गरिरहेको आयोजनाबाट विद्युत उत्पन्न रोकिएको छ । 

गत शुक्रबारदेखि परेको भिषण बर्षको कारणले बागमती खोलामा आएको बाढीले संचालन भैरहेको टुंगुन ठोस्ने (४.३६मे.वा.) तथा खानी खोला (२ मे.वा) आयोजनाका पावर हाउस तथा हेड वक्समा रहेको संरचनाका लगायतका उपकरणहरुमा क्षति पुगेको कम्पनीले जनाएको छ ।

यसका साथै बाढीका कारण प्लान्ट सञ्चालन अवरुद्ध भइ  विद्युत उत्पन्न हुन नसकेको कम्पनीले जनाएको छ । सो सम्बन्धि पूर्ण क्षतिको विवरण भने पा्रप्त हुन बाँकी रहेको कम्पनीले सूचना उल्लेख गरेको छ ।