Below Menu
Below Menu

ट्रेजरीमार्फत साढे १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाँउदै सरकार 

ट्रेजरीमार्फत साढे १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाँउदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १७ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने र ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी कात्तिक १३ गते, ९१ दिन अवधिको ट्रेजरी पुस १६ गते र १८२ दिन अवधिको ट्रेजरी चैत १९ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि गत असोज ७ गते कार्यालयले १५ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार