Below Menu
Below Menu

एनएमबि बैंकको एक लाख ८० हजार कित्ता शेयर बिक्रीमा  

एनएमबि बैंकको एक लाख ८० हजार कित्ता शेयर बिक्रीमा  

काठमाडौं : एनएमबि बैंकले एक लाख ८० हजार २८८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयर धनीहरुले मात्र  खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी कम्पनी सचिवको कर्यालय, बबरमहल, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन्  ।

साथै तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन पेश नभएको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने जनाएको छ ।
    

Advertisment

थप समाचार