काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । बैंकले आगामी १८औं वार्षिक साधारण सभाको लागि असोज २९ गते एक दिनका लागि शेयरधनी दर्ता खाता बन्द गर्ने भएको हो ।
जसअनुसार असोज २३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् । असोज २४ गतेदेखि २८ गतेदेखि दशैको सार्वजनिक विदा परेकाले असोज २३ गतेसम्मका लगानीकर्ता मात्र बुक क्लोजको मितिका आधारमा साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन् ।
बैंकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
Sponsored Advertisment
Advertisment