Below Menu
Below Menu

रोयल्टीबापतको रकम नबुझाउने ६१ इन्टरनेट सेवाप्रदायकको नाम सार्वजनिक (सूचीसहित)

रोयल्टीबापतको रकम नबुझाउने ६१ इन्टरनेट सेवाप्रदायकको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं : नेपाल दुरसञ्चार प्राधिरकणले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम दाखिला नगर्ने ६१ इन्टरनेट सेवाप्रदायकको नाम सार्वजनिक गरेको छ । 

प्राधिकरणबाट अनुमतिपत्रप्राप्त सेवा प्रदायक कम्पनीहरूले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम गत पौष मसान्तभित्र बुझाउन यसअघि नै पत्राचार गरिएको थियो । तर, हालसम्म पनि रकम दाखिला नगरेको प्राधिकरणले जनाएको छ । 

कम्पनीहरुले आव २०७९/८० को अडिटेड वित्तीय विवरण र सो विवरण अनुसार बुझाउनुपर्ने कुल आम्दानीको ४ प्रतिशतले हुने रोयल्टी बापतको रकम र २ प्रतिशतले हुने ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम पौष मसान्तभित्र बुझाउनु पर्ने व्यवस्था रहेको छ । 

यसका साथै प्राधिकरणले यही असोज मसान्तभित्र नियमानुसार लाग्ने थप दस्तुर सहित रोयल्टी बापतको रकम  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको राजस्व खातामा र ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम यस प्राधिकरणको खातामा दाखिला गर्न भनेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दाखिला गरेको रोयल्टी रकमको भौचर र यस प्राधिकरणको खातामा दाखिला गरेको रकमको भौचर र अडिटेड वित्तीय विवरणसहित यस प्राधिकरणमा अनिवार्य रूपमा दर्ता गरी जानकारी गराउन समेत भनिएको छ ।

 

Advertisment

थप समाचार